Thursday, April 30, 2015

सन् २०११ को जापान भूकम्प र त्यसबाट सिक्न सकिने निकै प्रभाबकारी आचरणहरु

जापानीहरुबाट सिक्न सकिने साधारण तर निकै प्रभाबकारी आचरणहरु निम्न तरिकाले सुत्र बढ्द गर्न सकिन्छ ।
 
१. अर्को ८.५ को ठुलो झड्का आउँदै छ भन्ने कुरा सिधा नबुझौँ  त्यो नआउन पनि सक्छ । आउन पनि सक्छ । त्यो त केवल सम्भाबनाको कुरा हो । त्यो आउने प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रितशत मात्र छ । विचार गर्नुस नआउने प्रतिशत ९० छ । कुन ठुलो हो । त्यो १० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ । जस्तै अझ हामी सबारी साधन प्रयोग गर्दा पनि त्यो १० प्रतिशत हुने गर्छर अब के भोलि देखि गाडी नचद्ने त रु मारिने भइयो भनेर यात्रा गरुन्जेल रुदै यात्रा गर्ने रु त्यसैले आज भोलि सूचनाको दुरुपयोग हैन कि सदुपयोग मात्र गर्नु पर्ने देखियो । कम्तिमा पनि यो बिपत्तिमा त्यो गरौँ हामी थप मारिने छैन ।
 
२. केहि  गैर सरकारी सस्थाहरुले  वा तिनका मान्छेहरुले अझ बढी आतंक फैलिने गरी समाचार सम्प्रेसण गरेको देखियो । ति हाम्रा लागी मन्द बिस हुन् तिनीहरुको कुनै कुरा सुनेर विश्वास नगरौँ ।  तिनीहरुको तिरस्कार गरौँँँ अहिले नै ।

३. तपाई जहाँ हुनु हुन्छ र जे काम गर्न सम्भव छ त्यो नियमित काम गर्ने कोशिस गरौँ । यसले जीवन सहज बनाउदै लैजाने छ ।
४. तर अनाबश्यक टेलिफोन, बिजुली प्रयोग नगरौर त्यो अरुको लागी चाहियको हुन् सक्छ ।

५. हाम्रा गाउका गाउ उजाड भयको भन्ने पनि कुरा आयको छ ।  त्यसो हो भने एक गाउले अर्को गाउको सहयोग गरी बस्ने बासको निर्माण गरौँ । जस्तै स्याउले घरहरु निर्माण गरौँ जुन हल्का र छिटो छरितो बनौन सकिन्छ ।
६. तुरुन्तै गाउ गाउमा स्वयम् सेबक समूह निर्माण गरौर तिनीहरुको काम छिटो भन्दा छिटो प्रभावकारी बनाउन अरुले बाहिरबाट उत्तिकै स्वयम् सेबक जत्तिकै काम गरौँ
७. केटा केटीहरुको लागी बिसेस बस्ने ठाउको प्रबन्ध गरौ ताकी कुनै सरुवा रोग वा अल्पकालीन रोगहरुको संक्रमण नहोस । उनीहरुलाई न्यानो पारेर राखौ त्यो काम आगो बालेर पनि गर्न सकिन्छ ।

८. अब के हुन्छ भनेर नसोचौँ । भूकम्प आउने कुरा शतप्रतिशत भन्न सकिन्न त्यो आउन पनि सक्छ र नआउन पनि सक्छ ।  त्यसको धेरै चिन्ता गरेर बस्ने होइन । आफुलाई नियमित बनाउने कोशिस गरौँ । धेरै चर्चा गरेर समयको बर्बाद गरी सहयोग  गर्नु पर्ने ठाउमा अबरोध नगरौँ

९. अस्पतालमा भिड भाड गर्दै नगरौर अस्पताल नजिकका मान्छे मात्र केहि सहयोग चाहिन्छ कि भनेर चनाखो बनेर बसौ ।
१०.  आफु सार्बजनिक सेवामा काम गर्ने मान्छे हो भने त्यो सेवा नियमित गर्ने कोशिस गरौर जस्तै औसधी पसलेहरुले आफ्नो दुकान खोलेर राखौ ।

११. हाम्रा देशका शासक शासक हैनन् ति त कुशासक हुन् तिनीहरुको आशा गरेर बस्नु मुर्खता होर गाउ(गाउ र टोल –टोल मिलेर के के गर्न सकिने हो त्यो गर्न पछी नपरौँ ।

१२.  सेना, पुलिश र अरु सरकारी सेवाका मान्छेहरुले बिबेक प्रयोग गरौँ ।  माथिको आदेश हेरे र वा पर्खेर नबसौ । त्यस्तो बिबेक प्रयोग गरेर काम गर्नको लागी ठुला ठालुहरुले छिटो भन्दा छिटो अनुमती दिने गरुन वा अनुमती माग्नु जरुरी छ ।
१३. राम्रो गर्न खोज्दा हुन जाने केहि सानो तिनो गड़बदीमा दण्ड हुने छैन भनेर सुरुवातमै हाकिमले सूचना जारी गरुन ।

१४. जाना जान बदमाशी गर्ने हरुलाई कडा कारबाही हुने छ भनेर पनि सुरुवातमै हाकिमले सूचना जारी गरुन । जस्तैः  महाराजगन्जका मान्छेहरुले औसधी पसल  समेत बन्द गरेका थिय भन्ने कुरा बिबेकशील नेपाली समुहले नै उजागर गरेका थिए ।

१५. डर हुने कुरा मात्र गर्ने र सुनाउने चलन हामी नेपालीले बन्द गर्नु पर्ने देखियोर  आफुलाई कम गरेर भय पनि सहयोग गर्नु पर्ने देखिन्छ ।

 त्यति मात्र हो र  बिबेकशील हुन सकियो भने नोक्शान कम हुने देखिन्छः जापानिजहरुले के बताउने कोशिस गर्छन भने तिमि सहयोगका लागी तयार बन्ने कोशिस गर आधा समस्या घटेर जाने छन् ।  तिमि कमन सेन्सको  प्रयोग गर तिमीले दुख पाउने छैनौ वा अरुले तिम्रो कारणले दुख पाउने छैनन् । बिपत्तीमा आफ्नो मात्र नसोच । त्यो सोचाइले अरु समस्या निक्लने छ र त्यो नै आम रुपमा समस्या बनेर अरु नोक्शान हुने छ ।        

त्यसै गरी भूकम्प प्रतिरोधक संरचना बनाउन कडा कानुन को ब्यबस्था गर्नु त छदै छ । त्यो भन्दा पनि बढी त्यसको पालना गर्ने र गराउने कुरा हाम्रो प्रमुख समस्या हो । हाम्रा प्रशासक अब प्रशासक रहेनन् । तिनीहरु कुप्रशासक हुन् । २ पैशाको लागी जे पनि गर्ने र गराउने गर्छन । त्यो बन्द गर्नु र गर्न लगाउनु अनिबार्य छदै छ । कमिशन खोर नेताको जय जय गर्ने हामी नेपालीले प्राकृतिक बिपत्ती भन्दा हामी आफैले सिर्जना गरेका गलत कामले गर्दा बढी समस्या अहिले भोग्न परेको छ ।  अबका दिनहरुमा हामी सबैको जय होस् ।

डा. पोख्रेल हालै मात्र अमेरिकन मौसमविद समाजबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।)

Wednesday, April 29, 2015

भुईचालोपछि घर फर्कँदा घरको सामान्य जाँच गर्ने तरिका

from Ujyalo online



ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।
कतिपय संरचना केही नभएका पनि हुनसक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ। यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघी आफैले आफ्नो घरको जाँच गर्नुहोस ।
हुनत यस्ता जाँच गर्न बिशेसत स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसँग रहेको मानव श्रोतको अभावबिच तपाई आफैंले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ।
(यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न तोकेको समय सम्म कम्तिमा यसो नगरौं । जाँच गर्ने समयमा भत्किएका संरचना नजिक जाने चलाउने नगरौं, कुनै बेला मात्रै थोरै टेका लागेको संरचना रहेछ भने केही भाग झरेर घाईते हुनपनि सकिन्छ।)
तपाईंले पहिले आफ्नो घरको प्रकार छुट्याउनुहोस र मुख्य भार थाम्ने संरचना (पिलर सिस्टममा बिम, पिलर, ईट्टा, ढुंगामा घरको भित्ताहरु)का लागि यस अनुसार गर्नुहोस।
घरहरुलाई ३ बर्गमा बाँडौं।
१) रातो बर्गः खतराजनक, जुन संरचना पुनर्निर्माण मर्मत नगरी बस्न लायक हुँदैनन। यसमा पूर्ण क्षतिग्रस्त भवनहरु पनि पर्दछन । तपाईंको संरचना यस बर्गमा पर्छ भने स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिएर मर्मत गराउनुहोला ।
२) पहेंलो बर्गः सावधानी पूर्वक केही भाग प्रयोग गर्न सकिने, सामान्य मर्मतले सुरक्षित हुने संरचनाहरु ।
३)हरियो बर्गः यस्ता घर जसमा सामान्य सरसफाई र निकै साधारण मर्मत भए पुग्नेछ। 
मुख्य संरचना हेर्नु अघि घरको जगको अवस्था हेर्नुहोस। टाइबिमको तल कस्तो छ, कतै टाइबिम नै चिरिएको पो छ कि ? या घर केही धस्सिएको पो छ कि  यदि धस्सिएको, टाइ बिम चर्किएको छ भने बाहिरबाटै सावधानी पूर्वक जाँच गरौं, घर छिर्न हतार नगरी स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिऔं।
मुख्य संरचनाको प्रकारः

पिलर सिस्टमको घरः

तपाईंको घर पिलर सिस्टमको छ भने यो पुर्णरुपमा क्षति नभएतापनी उचित मर्मत बिना बस्न नमिल्ने हुन सक्छन, यसकालागी तलका मुख्य कुराहरु हेर्नुहोसः
स्ल्याब, पिलर, बिमहरु, सबै या केही चर्किएका छन वा छैनन हेर्नुहोस, बिम र पिलरको जोईन्टको वरिपरि या पिलरको बिचमा यस्तो देख्न सकिन्छ।

 चर्किएको छैन भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं

*      भित्ताहरु चिरिएको छ या छैन हेरौं यदि भित्ताहरु मात्रै चिरिएको भएमा त्यसलाई सामान्य मर्मत पछि प्रयोगमा ल्याउन सकिन्छ।
*      अन्य भागहरु जस्तै झ्याल, ढोका, सोकेसका स्ल्याबहरुमा क्षतिपुगेको रहेछ भने सामान्य मर्मतपछिनै यसको प्रयोग गर्न सकिन्छ।
*      घर भित्रको अवलोकन पछी घर बाहिर जानुहोस र वरिपरी सबैतिर हेर्नुहोस कतै चर्किएको पो छ कि

 पिलर, बिम, स्ल्याब चर्किएको छ भने

*      बिम, पिलर, स्ल्याबको बाहिरको ढलान उप्किएर झरेको हुनसक्छ र डण्डी देखिएको हुनसक्छ, यदि त्यस्तो छ भने यसको लागी बिशेष ज्ञान भएका प्राबिधिकको रोहबरमा मर्मत गर्न लगाउनु उपयुक्त हुन्छ र त्यसपछि मात्रै घरमा बस्नु राम्रो हुन्छ। बढि क्षति भएका ठाउँमा बलियो टेका लगाएर राखौं।  यस्तो घरलाई रातो बर्गमा राखौं  
यदि घर ढल्किएको छ भने यसलाई पनि रातो बर्गमा राखौ। किनकी यो प्रयोग गर्न लायक रहदैन।
सामान्य मात्र चर्किएको (Hair crack) छ, मसिनो १-२ लाईनमात्र देखिएको छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ तर मसिना चिरा एकै ठाऊमा धेरै संख्यामा देखिएमा मर्मत पश्चात त्यो रुमको प्रयोग गरौं। यदि त्यो चिरा भित्र सम्म नपरेको भएमा केही समयपछि मर्मत गर्दापनि हुन्छ। यस्तो घरलाई पहेंलो बर्गमा राखौं
यदि भित्ता मात्रै चिरिएको छ भने त्यस भित्ताको बरिपरी वा त्यो कोठा मर्मत अघि प्रयोग नगरौं, (जस्तैमाथि देखाएको फोटोको अबस्था) यस्तो घरलाई पहेंलो बर्गमा राखौं
 पिलर बिम र स्ल्याब नचर्किएको र भित्तापनी नचर्किएको घर छ भने यस्ता घरहरुलाई हरियो बर्गमा राखौं। 

ईट्टा/ढुंगाले मात्र बनेको घरः

ईट्टा/ढुंगाले मात्र बनेका घरहरुको मुख्य भार थाम्ने भाग भनेको वाल मात्रै हो, यस्ता घरमा रहेका सम्पुर्ण वालहरुको सुझ्म अवलोकन गर्नुहोस।
कहाँ कहाँ कति चर्किएको छ, यदि धेरैनै चर्किएको छ भने त्यस्तो ठाँउको माथिको छत/स्ल्याबलाई बलियो टेका लगाऔं र पुर्ण मर्मत पछी मात्रै यसको प्रयोग गरौं। यस्ता घरहरु रातो बर्गमा राखौं।
यदि भित्ताहरुमा सामान्य मात्र चिरा देखिएको छ भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
कतै पनि खासै केही क्र्याक देखिएको छैनभने यस्ता घरलाई हरियो बर्गमा राखौं।
यीमाथि भनिएका कुरा घरको मुख्य भार थाम्ने संरचनाको हकमा गरिएका हुन । यसबाहेक अन्य धेरै कुराहरुमा ध्यान पुर्याउनुहोला जस्तैः
घर नजिक जाँदा वरिपरी लड्न लागेका पर्खाल या भुँईमा रहेका सिसाका टुक्रा आदीको बारे बिचार गर्नुहोला ।
घर भित्र छिर्नासाथ ग्यास या बिजुली अन गर्नु अघि सबै चेक गर्नुहोस, कतै ग्यास लिक पो छ की !, कतै बिजुलीको तार छुटेको पो छ की
घर भित्रका सामानहरु मिलाउँदा, राख्दा पनि ध्यान दिनुहोला कतै फेरी आउनसक्ने सम्भावित सानै झट्काले पनि खस्ने पो हुन्छ की !
तपाईंको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहोला । आफ्नो घर रातो बर्गमा परेको छ भने हरियो बर्गको घर हुने छिमेकीसंग मिलेर बस्नुहोला, यो बिपद सबैको हो, भन्ने बितिक्कै मर्मत गराउन संभव नहुनसक्छ ।
लेखक जापानको क्योटो विश्वविद्यालयबाट भुकम्प इन्जिनियरिङमा पिएचडी गर्दै हुनुहुन्छ । उहाँलाई ब्लगमा पनि भेट्न सकिन्छ 

भूकम्पबाट भएको क्षतिको जानकारी अब SMS बाट



मिति २०७२ बैशाख १२ गते ११:५६ बजेको समयमा गोरखा जिल्ला बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले पारेको क्षतिको विवरण अब तपाईले नेपाल टेलिकमको (GSM only) मोबाइल प्रयोग गरि SMS बाट पनि प्राप्त गर्न सक्नु हुनेछ ।

SMS प्रप्त गर्ने तरिका
आफ्नो मोबालइको Message बाट neoc लेखी ११३३ मा SMS गर्नुहोस ।

Rebuilding Nepal brick by brick wall by wall

Nk3ywelv5yah6avsgyzg
Nepalese people have always been known for their bravery resilience and friendliness.. we will be back.. we need the world to bear with us in this moment of great tragedy for us, In the picture you can see an old woman clearing debris from what appears to have been her home.

Contact if drone surveillance of are is required

Drones available for search and rescue. They're on standby.
Contact: Tony Whelan +9779818753594 or at Dwarika's- 977-1-4479488

Another Way to Help Humanitarian Efforts in Nepal

You don't need to be in Nepal to lend a hand (the OSM platform uses fresh satellite imagery to help you update their map), and you don't need to be a professional cartographer, either. It helps if you've used OSM before, even if only to play around with mapping your own neighborhood. But if you haven't, learning the basics isn't too hard.
Follow this linkImage OpenStreetMap

How you can help from Internet

You can tag damaged buildings and roads using tomnod.. please follow this link to visit the site and start tagging so that the volunteers at the ground will know the damage and work accordingly. Read the full report here..Image DigitalGlobe